बहुदरमाईका तत्कालीन प्रमुख प्रशासकीयसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ पौष ९

पत्रिकामा बोलपत्रको सूचना प्रकाशित नै नगरी झुट्टा बिल, भरपाइ पेस गरी ६५ हजार रुपैयाँ सो पत्रिकालाई भुक्तानी दिएको पाइएको अख्तियारको आरोपपत्रमा छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सडक कालोपत्रे ठेक्कामा मिलेमतो गरी बोलपत्र आह्वानको सूचना एकप्रति मात्र पत्रिकामा प्रकाशित गरी नजिकको व्यक्तिलाई ठेक्का दिएको आरोप छ। प्रेस काउन्सिलको अभिलेखमा उक्त मितिको पत्रिकामा बोलपत्र सूचना नदेखिएको अख्तियारको दाबी छ।
Tags:
#अख्तियार #मुद्दा #विशेषअदालत #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३