पश्चिमी वायुको प्रभाव, तराईमा कुहिरो र पहाडमा हल्का वर्षा
२०८२ पौष २०

महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो कायम रहनेछ ।
देशभर पश्चिमी वायुको प्रभाव कायम रहेको छ। आज तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो रहनेछ भने कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीसहित एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। चिसो र कुहिरोले जनजीवन तथा यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
Tags:
#मौसम #कुहिरो #हिमपात #पश्चिमीवायु #जलतथामौसम #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३