निजी विद्यालयको माग : ३ प्रतिशत ‘समता शिक्षा सेवा शुल्क’ तत्काल खारेज गरियोस्
२०८३ असार २८

निजी विद्यालयका चार छाता संगठनले ३ प्रतिशत ‘समता शिक्षा सेवा शुल्क’ संविधानविपरीत भन्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्।
प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले सरकारले बजेटमार्फत लागू गरेको ३ प्रतिशत ‘समता शिक्षा सेवा शुल्क’ तत्काल खारेज गर्न माग गरेका छन्। उनीहरूले उक्त शुल्क संविधानविपरीत र विगतमा असफल भइसकेको व्यवस्था भएको दाबी गरेका छन्। निजी विद्यालयले आफ्नै लगानीमा गुणस्तरीय शिक्षा दिँदै आएको भन्दै विद्यार्थीमाथि थप आर्थिक भार नथोपर्न सरकारसँग आग्रह गरेका छन्।
Tags:
#छोटोखबर #समताशिक्षासेवाशुल्क #निजीविद्यालय #प्याब्सन #एनप्याब्सन #हिसान #अपेन #शिक्षानीति #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
