स्वास्थ्य बीमा खर्चको पुरानो मापदण्ड खारेज
२०८२ माघ १५

बोर्ड गठन हुनुअघि सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले १० साउन २०७३ मा सेवाप्रदायक संस्थाका लागि खर्चसम्बन्धी मापदण्ड निर्धारण गरेको थियो।
स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत खर्च गर्ने पुरानो प्रतिशतगत मापदण्ड खारेज गरेको छ। औषधि र उपचारभन्दा प्रशासनिक तथा प्रोत्साहन शीर्षकमा बढी खर्च भएको गुनासो बढेपछि निर्णय गरिएको हो। अब बीमाबाट प्राप्त रकम प्रचलित ऐन–नियमअनुसार गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित गरी खर्च गर्नुपर्नेछ।
Tags:
#स्वास्थ्यबीमा #बीमाबोर्ड #खर्चमापदण्ड #स्वास्थ्यसेवा #नीतिगतनिर्णय #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३