नक्कली भुटानी शरणार्थी प्रकरण: भदौ २४ को आगजनीमा नष्ट भएको मिसिल प्राप्त नहुँदा सुनुवाइ सर्यो
२०८२ माघ ११

काठमाडौँ जिल्ला अदालतमा दुई वर्षदेखि विचाराधीन भुटानी शरणार्थी मुद्दामा नष्ट भएको मिसिल अझै प्राप्त नहुँदा अदालतले प्रमाण झिक्ने आदेश जारी गरेको छ।
पूर्व गृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने अभियोगमा दायर मुद्दामा सुनुवाइ सरेको छ। काठमाडौं जिल्ला अदालतले आगजनीमा नष्ट भएको मिसिल झिक्न आदेश दिँदै सात दिनभित्र प्राप्त गर्न निर्देशन दिएको छ। ३० जना प्रतिवादीमध्ये केही धरौटीमा छन्, केही फरार छन् र मुद्दा करिब दुई वर्षदेखि विचाराधीन छ।
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

