Choto Khabar Logo

प्रतिनिधि सभा निर्वाचनका लागि आइतवारदेखि अन्तर्राष्ट्रिय सीमाना बन्द

२०८२ फाल्गुण १७
प्रतिनिधि सभा निर्वाचनका लागि आइतवारदेखि अन्तर्राष्ट्रिय सीमाना बन्द
निर्वाचन सुरक्षा निर्देशिकाअनुसार मतदानभन्दा ७२ घण्टा अघि सीमानाका बन्द गर्नुपर्ने व्यवस्था रहेकाले सोही आधारमा आयोगले नाका बन्द गर्न सिफारिस गरेको हो।
प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाका सीमा नाका आइतवार राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म बन्द गरिने भएको छ। निर्वाचन सुरक्षा निर्देशिकाअनुसार मतदानभन्दा ७२ घण्टा अघि नाका बन्द गर्नुपर्ने प्रावधान छ। सोही आधारमा आयोगको सिफारिसपछि सरकारले निर्णय कार्यान्वयन गर्न लागेको हो।

Tags:

#छोटोखबर #प्रतिनिधिसभा #निर्वाचन #सीमानाका #निर्वाचनसुरक्षा #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू