रसुवा बाढीपीडितका लागि डब्लूएचओले पठाउँदै स्वास्थ्य सामग्री
२०८३ भाद्र १०

रसुवा बाढीपीडितको उद्धार र उपचारका लागि डब्लूएचओसहित विभिन्न निकाय सक्रिय भएका छन्।
रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ। एक हजार जनालाई पुग्ने आधारभूत औषधि, स्वास्थ्य उपकरण र १५ वटा आपतकालीन टेन्ट उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। बाढी प्रभावितका लागि वीर अस्पताल र ट्रमा सेन्टरमा १०० आपतकालीन शय्या तयारी अवस्थामा राखिएको छ भने विभिन्न स्वास्थ्य निकायसँग उद्धार तथा उपचारका लागि समन्वय भइरहेको छ।
Tags:
#छोटोखबर #रसुवाबाढी #भोटेकोसी #डब्लूएचओ #स्वास्थ्यसहायता #विपद्व्यवस्थापन #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


