स्वास्थ्य बीमामा दुरुपयोग रोक्न कडा उपाय लागू हुने

admin admin
२०८२ माघ ११
स्वास्थ्य बीमामा दुरुपयोग रोक्न कडा उपाय लागू हुने
तीन महिने कार्यकालको प्रगति सार्वजनिक गर्दै उनले प्रति परिवार वार्षिक एक लाख रुपैयाँको सीमा सक्ने उद्देश्यले अनावश्यक स्वास्थ्य जाँच र उपचार गरी सेवा प्रदायकहरूले गलत रूपमा रकम असुल्ने गरेको पाइएको बताइन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा प्रिमियम कोषको ठूलो दुरुपयोग भएको बताएकी छन्। अनावश्यक जाँच, गलत दाबी र वित्तीय असन्तुलन मुख्य समस्या रहेको उनको भनाइ छ। यसलाई रोक्न १९ बुँदे कार्ययोजना र सेवाग्राहीलाई एसएमएस सूचना प्रणाली लागू गरिने उनले बताइन्।

Tags:

#स्वास्थ्यबीमा #प्रिमियमदुरुपयोग #स्वास्थ्यसमाचार #मन्त्रीगौतम #बीमासुधार #आर्थिकअनुशासन #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू