निर्वाचनमा घृणाजन्य अभिव्यक्तिप्रति राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण
२०८२ माघ १३
घृणाजन्य अभिव्यक्तिले अराजकता बढाउने र निर्वाचनको समयमा शान्ति र सुरक्षामा असर पुर्याउन सक्ने आयोगको ठम्याई छ।
राष्ट्रिय मानवअधिकार आयोगले फागुन २१ प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरूबीच घृणाजन्य अभिव्यक्ति र अमर्यादित आरोपप्रति गम्भीर ध्यानाकर्षण गरेको छ। आयोगले सामाजिक सञ्जालमा शिष्ट भाषा प्रयोग गर्न, मानव अधिकार र शान्तिसुरक्षालाई ध्यानमा राख्न तथा निर्वाचन आचारसंहिताको पालना गर्न नेता, उम्मेदवार र सर्वसाधारणलाई आग्रह गरेको छ।
Tags:
#छोटोखबर #मानवअधिकार #निर्वाचन #घृणाजन्यअभिव्यक्ति #शान्तिसुरक्षा #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


