रवि लामिछाने मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश
२०८२ माघ ६

मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको छ।
सर्वोच्च अदालतले रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग हटाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले मुद्दा फिर्ता गर्नुको आधार पेस गर्न र छलफलमा उपस्थित हुन आदेश दिएको हो। निर्णयलाई गैरकानूनी भन्दै बदर माग गरिएको छ।
Tags:
#छोटोखबर #रविलामिछाने #सर्वोच्चअदालत #महान्यायाधिवक्ता #सम्पत्तिशुद्धीकरण #राजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३