सरकार–चिकित्सक वार्ता निष्कर्षविहीन, स्वास्थ्य सेवा अझै प्रभावित
२०८३ श्रावण १३

सरकारसँग सहमति हुन नसक्दा चिकित्सकहरूको आन्दोलन जारी रहँदा देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा प्रभावित बनेका छन्।
वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमणको घटनामा दोषीमाथि कारबाही र सुरक्षाकर्मीको सरुवालगायत मागमा सरकार र नेपाल चिकित्सक संघबीच सहमति हुन सकेको छैन। लिखित प्रतिबद्धता नआएसम्म आन्दोलन नरोकिने संघले जनाएको छ। वार्ता निष्कर्षविहीन बनेपछि आकस्मिकबाहेकका स्वास्थ्य सेवा दोस्रो दिन पनि प्रभावित भएका छन्।
Tags:
#छोटोखबर #नेपालचिकित्सकसंघ #स्वास्थ्यसेवा #नारायणीअस्पताल #आन्दोलन #सरकार #नेपालसमाचार #स्वास्थ्य
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


