त्रिविले परीक्षा आचारसंहिता कडाइका साथ लागू गर्ने
२०८३ श्रावण ११

त्रिविले निष्पक्ष र मर्यादित परीक्षा सञ्चालनका लागि कडा आचारसंहिता लागू गरेको छ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नातक, स्नातकोत्तर र एमफिल तहका सत्रान्त परीक्षाका लागि कडा परीक्षा आचारसंहिता लागू गरेको छ। प्रवेशपत्र अनिवार्य, निर्धारित सिटमा बस्नुपर्ने तथा मोबाइल, स्मार्टवाच र अन्य निषेधित सामग्री लैजान रोक लगाइएको छ। नियम उल्लंघन गरे परीक्षा रद्द, निलम्बन वा कानुनी कारबाहीसमेत हुन सक्ने चेतावनी दिइएको छ।
Tags:
#छोटोखबर #त्रिभुवनविश्वविद्यालय #परीक्षा #आचारसंहिता #शिक्षा #व्यवस्थापनसंकाय #नेपालसमाचार #त्रिवि
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


