Choto Khabar Logo

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

२०८२ चैत्र ७
देशभर बदली, वर्षा र हिमपातको सम्भावना
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा चट्याङ्ग, असिना, हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले हाल नेपालभर मौसम बदली भएको छ। मधेसदेखि सुदूरपश्चिमसम्मका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ। आज दिउँसो धेरै स्थानमा चट्याङ्ग, असिना र हावाहुरीसहित मध्यम वर्षा तथा हिमपात हुन सक्छ। राति केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

Tags:

#छोटोखबर #मौसमअपडेट #नेपालमौसम #वर्षा #हिमपात #चट्याङ #हावाहुरी #आजकोमौसम

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू