Choto Khabar Logo

यस वर्षको एसईई परीक्षा चैत १९–२९ गते हुने

२०८२ माघ ७
यस वर्षको एसईई परीक्षा चैत १९–२९ गते हुने
निर्वाचनको लागि मतपत्र र परीक्षाको प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रबाट हुने भएकाले परीक्षाको तालिकामा परिमार्जन गरिएको बोर्डले जनाएको छ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गर्दै ५ लाख १७ हजारले फारम भरेको जनाएको छ। प्रतिनिधिसभा निर्वाचन र मतपत्र छपाइका कारण तालिका परिमार्जन गरिएको हो।

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू