साढे तीन महिनामा विपद्का घटनामा १९६ जनाको मृत्यु
२०८३ श्रावण १७

वैशाखदेखि साउन १७ सम्मका विपद्का घटनामा १९६ जनाको मृत्यु भएको छ भने सर्पदंश सबैभन्दा घातक विपद्का रूपमा देखिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८३ वैशाख १ देखि साउन १७ सम्म देशभर ४,०५३ विपद्का घटना भएका छन्। ती घटनामा १९६ जनाको मृत्यु, ४ जना बेपत्ता र १,२१८ जना घाइते भएका छन्। ५,१८८ परिवार प्रभावित भएका छन्। सर्पदंश सबैभन्दा घातक विपद् बनेको छ, जसबाट ५४ जनाको ज्यान गएको छ।
Tags:
#छोटोखबर #विपद् #राष्ट्रियविपद्प्राधिकरण #सर्पदंश #प्राकृतिकविपद् #सुरक्षा #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


