हरिसिद्धीमा इँट्टाभट्टाको पर्खाल भत्कियो, एक महिलाको मृत्यु
२०८२ चैत्र ८

ललितपुर जिल्ला प्रहरी परिसरका प्रवक्ताका अनुसार ललितपुर महानगरपालिका- २८, हरिसिद्धीस्थित होसना इँटाभट्टाको पर्खाल भत्किएको हो।
ललितपुर–२८ हरिसिद्धीस्थित होसना इँट्टाभट्टामा पर्खाल भत्किँदा रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको छ। गम्भीर घाइते खड्काको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। घटनामा चार जना घाइते भएका छन्, जसमा जानकी चन्दलाई थप उपचारका लागि मोडल अस्पताल रिफर गरिएको छ। अन्य घाइतेहरूको उपचार जारी छ र प्रहरीले उद्धार तथा अनुसन्धान गरिरहेको छ।
Tags:
#छोटोखबर #ललितपुर #दुर्घटना #इँट्टाभट्टा #मृत्यु #घाइते #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

विद्यालयमा एकीकृत लेटर ग्रेडिङ प्रणाली लागू
२०८३ श्रावण ५

शिक्षा–स्वास्थ्यमा ३% समता शुल्क स्थगित
२०८३ श्रावण ५

कीर्तिपुरमा जलेको गाडीबाट शव फेला
२०८३ श्रावण ५
