Choto Khabar Logo

वीरगन्जमा पार्किङ विवादपछि अनिश्चितकालीन कर्फ्यु लागू

२०८२ फाल्गुण ११
वीरगन्जमा पार्किङ विवादपछि अनिश्चितकालीन कर्फ्यु लागू
दुई समुदायबीचको विवाद चर्किँदै गएपछि सुरक्षा अवस्था नियन्त्रणमा राख्न कर्फ्यु जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताएका छन्।
पार्किङ विवादले उग्र रूप लिएपछि पर्साको वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय, पर्साले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आदेश जारी गरेको हो। दुई समुदायबीच झडपको स्थिति बनेपछि बिहान ९:४५ बजेदेखि तोकिएका क्षेत्रहरूमा आवतजावत, सभा, जुलुस र प्रदर्शनमा रोक लगाइएको छ। उल्लंघन गरे कारबाही हुने चेतावनी दिइएको छ।

Tags:

#वीरगन्ज #पर्सा #कर्फ्यु #सुरक्षा #विवाद #स्थानीयप्रशासन #नेपाल #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू