Choto Khabar Logo

सरकारी कार्यालयका निवेदनको ढाँचा अब देशभर एकरूप हुने

२०८३ श्रावण २७
सरकारी कार्यालयका निवेदनको ढाँचा अब देशभर एकरूप हुने
सरकारले सरकारी सेवाका लागि पेश गरिने निवेदनको ढाँचा देशभर एकरूप बनाउने भएको छ।
सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यसबाट निवेदन प्रक्रिया सरल, सहज र नागरिकमैत्री हुने तथा आवेदनलाई क्रमशः डिजिटल माध्यममा लैजान सहज हुने अपेक्षा गरिएको छ।

Tags:

#छोटोखबर #सरकारीसेवा #निवेदनढाँचा #डिजिटलनेपाल #ईगभर्नेन्स #सूचनाप्रविधि #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू