Choto Khabar Logo

चिकित्सकमाथि दुव्र्यवहारको विरोधमा आज आकस्मिकबाहेक सेवा बन्द

२०८३ श्रावण १२
चिकित्सकमाथि दुव्र्यवहारको विरोधमा आज आकस्मिकबाहेक सेवा बन्द
चिकित्सकमाथि भएको आक्रमण र दुव्र्यवहारको विरोधमा नेपाल चिकित्सक संघले आज देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ।
वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र पर्साका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरीद्वारा चिकित्सकमाथि गरिएको दुव्र्यवहारको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरेको छ। दोषीमाथि कानुनबमोजिम कारबाही र सम्बन्धित अधिकारीमाथि पनि कारबाहीको माग गर्दै संघले बुधबार सर्वपक्षीय भेला गरी थप आन्दोलनका कार्यक्रम तय गर्ने जनाएको छ।

Tags:

#छोटोखबर #नेपालचिकित्सकसंघ #नारायणीअस्पताल #स्वास्थ्यकर्मी #आन्दोलन #स्वास्थ्यसेवा #वीरगन्ज #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू