Choto Khabar Logo

नुवाकोटमा वैकल्पिक प्रसारणबाट विद्युत् सेवा पुनःसुचारु

२०८३ भाद्र ११
नुवाकोटमा वैकल्पिक प्रसारणबाट विद्युत् सेवा पुनःसुचारु
बाढीपछि अवरुद्ध विद्युत् सेवा वैकल्पिक प्रसारणमार्फत क्रमशः पुनःस्थापना हुँदैछ।
भोटेकोशी नदीको बाढीबाट विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण लाइनमार्फत सेवा पुनःसुचारु गरेको छ। खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या र विदुरलगायत क्षेत्रमा वैकल्पिक आपूर्ति मिलाइएको छ। अन्य प्रभावित क्षेत्रमा पनि प्राविधिक काम पूरा गरी साँझसम्म विद्युत् सेवा सञ्चालन गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।

Tags:

#छोटोखबर #रसुवाबाढी #नुवाकोट #विद्युत्सेवा #नेपालविद्युत्प्राधिकरण #विपद्

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू