छानबिन समितिको निष्कर्ष: देवानगञ्ज र गोलबजार घटनामा सुरक्षाकर्मीकै गोलीबाट चार जनाको मृत्यु
२०८३ भाद्र २

देवानगञ्ज र गोलबजार घटनामा सुरक्षाकर्मीको गोलीबाट चार जनाको मृत्यु भएको छानबिन समितिले निष्कर्ष निकालेका छन्।
सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजार घटनाबारे गठित छानबिन समितिले प्रतिवेदन बुझाएका छन्। समितिका अनुसार दुवै घटनामा सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको निष्कर्ष निकालिएको छ। देवानगञ्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गोली चलाएका छन् भने गोलबजारमा प्रहरीको गोलीबाट गणेश यादवको मृत्यु भएको छ। घटनामा लापरवाही गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न समितिले सिफारिस गरेका छन्।
Tags:
#छोटोखबर #देवानगञ्ज #कप्तानगञ्ज #सुनसरी #गोलबजार #सिरहा #छानबिनसमिति #सुरक्षाकर्मी #गोलीकाण्ड #गणेशयादव #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


