कम्बोडियाबाट १२ नेपालीको उद्धार
२०८२ चैत्र १७

कम्बोडियामा स्क्यामिङ जालोमा फसेका १२ नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ।
प्रलोभनमा परेर कम्बोडिया पुगेका १२ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ। बैंककस्थित नेपाली दूतावास, कम्बोडिया सरकार र एनआरएनएको सहयोगमा उनीहरूलाई स्क्यामिङ केन्द्र र क्यासिनोबाट निकालिएको हो। अवैध रूपमा काममा लगाइएका उनीहरू ओभरस्टे अवस्थामा थिए। दूतावासले अन्य अलपत्र नेपालीको उद्धार जारी रहेको र भ्रमण भिसामा रोजगारीका लागि नजान आग्रह गरेको छ।
Tags:
#छोटोखबर #कम्बोडिया #उद्धार #मानवतस्करी #स्क्यामिङ #नेपाल #वैदेशिकरोजगार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

अब घरबाटै एनओसी लिन सकिने व्यवस्था
२०८३ बैशाख ६