धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
२०८३ श्रावण १४

धनुषाका विभिन्न क्षेत्रमा सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले बिहीबार साढे ३ बजेदेखि लागू हुने गरी जिल्लाका विभिन्न क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका छन्। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु अवधिमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउलगायत सबै गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।
Tags:
#छोटोखबर #धनुषा #कर्फ्यु #जिल्लाप्रशासन #शान्तिसुरक्षा #जनकपुर #नेपालसमाचार #सुरक्षा
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


