मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा
२०८३ श्रावण १८

पहिरो हटाइएपछि मुग्लिन–नारायणगढ सडक सोमबार दिउँसोदेखि पुनः दुईतर्फी सञ्चालनमा आएको छ।
मुग्लिन–नारायणगढ सडक खण्डमा मुग्लिन बजार नजिक खसेको पहिरो पन्छाएपछि सोमबार दिउँसो साढे ३ बजेदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको छ। दिउँसो २:१० बजे पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। यसअघि बिहान पनि विभिन्न स्थानमा पहिरो खसेपछि केही समय एकतर्फी रूपमा मात्र सवारी सञ्चालन गरिएको थियो।
Tags:
#छोटोखबर #मुग्लिननारायणगढ #पहिरो #सडकअवरुद्ध #सडकसञ्चालन #यातायात #भरतपुर #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


