सरकारी सूचना अब सरकारी मिडियामै मात्र प्रकाशन
२०८२ चैत्र १९

सरकारले सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यममै सीमित गर्ने निर्णय गरेको छ।
सरकारले सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन–प्रसारण गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघ, प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै सार्वजनिक खरिदसम्बन्धी सूचना गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमा मात्रै दिन भनेको हो। खर्च मितव्ययिता, पारदर्शिता र एकरूपता कायम गर्न यस्तो निर्णय गरिएको जनाइएको छ।
Tags:
#छोटोखबर #सरकार #सार्वजनिकसूचना #सञ्चारमाध्यम #गोरखापत्र #रेडियोनेपाल #नेपालटेलिभिजन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

अब घरबाटै एनओसी लिन सकिने व्यवस्था
२०८३ बैशाख ६