देशभर तापक्रम बढ्दो, काठमाडौंमा २५ डिग्री नाघ्यो
२०८२ फाल्गुण २८

समग्रमा आगामी तीन दिनमा देशका अधिकांश सहरमा दिउँसोको तापक्रम क्रमश: बढ्ने तथा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ ।
देशभरका सहरमा पछिल्ला तीन दिनदेखि तापक्रम क्रमशः बढिरहेको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार काठमाडौं मा तापक्रम २५.४ डिग्री पुगेको छ। सिराहा र नेपालगञ्ज आसपास ३१ डिग्री पुगेको छ। आगामी तीन दिन मौसम सामान्यतया सफा रहँदै तापक्रम थप बढ्ने सम्भावना रहेको बताइएको छ।
Tags:
#छोटोखबर #मौसमअपडेट #तापक्रमवृद्धि #नेपालमौसम #काठमाडौं #जलवायुअपडेट
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्