Choto Khabar Logo

रसुवा बाढीबारे परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा दिए जानकारी

२०८३ भाद्र १०
रसुवा बाढीबारे परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा दिए जानकारी
सरकारले रसुवा बाढीपछि उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाउन आवश्यक कदम अघि बढाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति भएको परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा जानकारी दिएका छन्। उनका अनुसार बिहान ८ः४० बजेतिर बाढी आएको हो। भूकम्पपछि हिमपहिरो खसेर बाढी आएको प्रारम्भिक सूचना प्राप्त भए पनि त्यसको पुष्टि हुन बाँकी छ। प्रधानमन्त्री बालेन्द्र शाहले विपद् व्यवस्थापन परिषद्को बैठक बोलाई उद्धार, खोज तथा राहत कार्यमा सक्रिय हुन निर्देशन दिएको र मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरेको मन्त्री खनालले बताए।

Tags:

#छोटोखबर #रसुवाबाढी #भोटेकोशी #शिशिरखनाल #संसद् #बाढी #उद्धार #राहत #विपद्व्यवस्थापन #नेपालसरकार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू