पूर्व सांसद सन्तोष चालिसेसँग पाँच लाख धरौटी माग
२०८२ चैत्र २

चालिसे, संसद् अर्थ समितिका निवर्तमान सभापति, माथि गत २८ मंसीर ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी आर्जनको आरोपमा मुद्दा दायर भएको थियो।
विशेष अदालतले भ्रष्टाचार आरोपित सन्तोष चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी मागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनले करिब ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाएको छ। गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा सम्पत्ति लुकाई झुट्टा विवरण पेस गरेको अभियोगसहित मुद्दा दायर भएको हो।
Tags:
#छोटोखबर #सन्तोषचालिसे #भ्रष्टाचारमुद्दा #विशेषअदालत #अख्तियार #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

