Choto Khabar Logo

मध्यपूर्व तनावका कारण श्रम स्वीकृति स्थगित

२०८२ फाल्गुण १७
मध्यपूर्व तनावका कारण श्रम स्वीकृति स्थगित
श्रम मन्त्रालयको कल सेन्टर २४ घण्टा तयारी अवस्थामा राखिएको र आवश्यकता परे नेपालीहरूको उद्धारका लागि सरकार तयार रहेको मन्त्री भण्डारीले बताएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वमा बढ्दो तनावका कारण खाडी मुलुक जाने कामदारको श्रम स्वीकृति स्थगित गरेको छ। मन्त्री राजेन्द्रसिंह भण्डारीले अर्को सूचना नआएसम्म स्वीकृति रोकिएको बताए। इरान, इजरायल र संयुक्त राज्य अमेरिकाबीचको तनावले नेपाली कामदारको सुरक्षामा चासो बढाएको छ। विमानस्थलमा रहेका नेपालीलाई घर फर्कन आग्रह गरिएको छ।

Tags:

#छोटोखबर #नेपाल #मध्यपूर्वतनाव #वैदेशिकरोजगार #श्रमस्वीकृति #सुरक्षा

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू