Choto Khabar Logo

देवानगन्ज तनावग्रस्त, सेना परिचालन

२०८३ श्रावण ११
देवानगन्ज तनावग्रस्त, सेना परिचालन
देवानगन्जमा हिंसात्मक प्रदर्शनपछि अवस्था नियन्त्रण गर्न नेपाली सेना परिचालन गरिएको छ।
सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि नेपाली सेना परिचालन गरिएको छ। बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित सेना परिचालनपछि अवस्था क्रमशः नियन्त्रणमा आएको प्रशासनले जनाएको छ। घटनामा पाँच पसलमा आगजनी तथा तोडफोड भएको छ भने अघिल्लो रातको झडपमा एक जनाको मृत्यु र २२ जना घाइते भएका थिए।

Tags:

#छोटोखबर #देवानगन्ज #सुनसरी #नेपालीसेना #कर्फ्यु #प्रदर्शन #नेपालप्रहरी #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू