सामाजिक सञ्जालमा भड्काउ सामग्री फैलाउने आठ जना पक्राउ
२०८३ श्रावण १५

सामाजिक सञ्जालमार्फत साम्प्रदायिकता भड्काएको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
सामाजिक सद्भाव खलल पुर्याउने तथा साम्प्रदायिकता भड्काउने सामग्री सामाजिक सञ्जालमा फैलाएको आरोपमा प्रहरीले सिरहाबाट ५ र धनुषाबाट ३ गरी आठ जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयले यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने जनाएको छ। सुनसरीको कप्तानगञ्ज घटनापछि तराईका विभिन्न जिल्लामा तनाव बढ्दै तीन जनाको मृत्यु भइसकेको छ।
Tags:
#छोटोखबर #नेपालप्रहरी #सामाजिकसञ्जाल #साम्प्रदायिकसद्भाव #सिरहा #धनुषा #सुनसरी #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


