हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, रुकुम (पूर्व)मा यातायात ठप्प
२०८२ माघ १०

रुकुम पूर्वका हिमाली र उच्च लेकाली क्षेत्रमा गएरातिदेखि हिमपात भइरहेको छ भने तल्लो भू–भागमा वर्षा परेको छ।
रुकुम (पूर्व)मा हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको छ। सवारीसाधन चल्न नसक्दा यात्रु र गाडी फसेका छन्। उद्धार र सडक खुलाउने प्रयास भइरहेको छ। हिमपात र वर्षाले जनजीवन प्रभावित भए पनि किसानहरू भने खुसी भएका छन्।
Tags:
#छोटोखबर #रुकुमपूर्व #हिमपात #मध्यपहाडीलोकमार्ग #सडकअवरुद्ध #जनजीवनप्रभावित #किसानखुसी
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३