अपडेट: रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्यो, खोजी तथा उद्धार जारी
२०८३ भाद्र १०

रसुवा बाढीको मानवीय क्षति बढ्दै जाँदा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाइएको छ।
रसुवा बाढीपछि विभिन्न जिल्लामा खोजीका क्रममा बिहीबार बिहानसम्म १६५ जनाको शव फेला परेको सरकारी तथ्यांकले जनाएको छ। सबैभन्दा धेरै चितवनमा ६५ जनाको शव फेला परेको छ भने धादिङ, नुवाकोट, रसुवा, गोरखा, नवलपरासी र तनहुँमा पनि शव भेटिएका छन्। बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य बिहानैदेखि जारी छ। उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारले सर्वदलीय बैठकसमेत सुरु गरेको छ।
Tags:
#छोटोखबर #रसुवाबाढी #बाढी #खोजीतथाउद्धार #राहत #विपद् #रसुवा #चितवन #धादिङ #नुवाकोट #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


