सुनसरी घटनाको विरोधमा राजमार्ग अवरुद्ध, कर्फ्यु यथावत्
२०८३ श्रावण १२

सुनसरी घटनाको विरोधमा प्रदर्शन जारी रहँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ भने प्रभावित क्षेत्रमा कर्फ्यु र निषेधाज्ञा कायम छ।
सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनकारीले मंगलबार पनि पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेका छन्। विराटनगरमा समेत सरकारविरुद्ध प्रदर्शन जारी छ। प्रशासनले इटहरीबाट पश्चिमतर्फका सवारी रोकेको छ भने देवानगञ्ज र हरिनगरका विभिन्न क्षेत्रमा कर्फ्यु तथा निषेधाज्ञा यथावत् राख्दै शान्ति–सुरक्षा कायम गर्न सर्वसाधारणलाई संयम अपनाउन आग्रह गरेको छ।
Tags:
#छोटोखबर #सुनसरी #देवानगञ्ज #कर्फ्यु #पूर्वपश्चिमराजमार्ग #विरोधप्रदर्शन #नेपालसमाचार #शान्तिसुरक्षा
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


