Choto Khabar Logo

ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टरको योजना यथावत : मन्त्री मेहता

२०८३ श्रावण २५
ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टरको योजना यथावत : मन्त्री मेहता
ढल्केबरमा ट्रमा सेन्टर बनाउने योजना यथावत राख्दै तत्काल लहानमा ट्रमा सेवा सञ्चालन गर्न लागिएको मन्त्री मेहताले बताएकी छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्ने सरकारको योजना नरहेको स्पष्ट पारेकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले ढल्केबरमा तत्काल ट्रमा सेन्टर सञ्चालनका लागि आवश्यक पूर्वाधार नभएकाले लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा सेवा सुरु गर्न लागिएको बताएकी छन्। दुर्घटनामा घाइतेलाई तत्काल उपचार उपलब्ध गराउने उद्देश्यले लहानमा सेवा सञ्चालन गर्न लागिएको उनको भनाइ छ।

Tags:

#छोटोखबर #ट्रमासेन्टर #ढल्केबर #लहान #स्वास्थ्यसेवा #निशामेहता #धनुषा #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू