Choto Khabar Logo

स्मार्ट टेलिकम प्रकरणमा पूर्वअध्यक्ष भण्डारी पक्राउ

२०८३ श्रावण १५
स्मार्ट टेलिकम प्रकरणमा पूर्वअध्यक्ष भण्डारी पक्राउ
स्मार्ट टेलिकम प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई स्मार्ट टेलिकम प्रकरणमा शुक्रबार सीआईबीले ललितपुरको धापाखेलबाट पक्राउ गरेको छ। स्मार्ट टेलिकमको सम्पत्ति सरकारको स्वामित्वमा आउनुपर्ने अवस्थामा बेइमानीपूर्वक सरकारको हक प्रभावित पार्ने काम गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ। यसअघि सोही प्रकरणमा तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पनि पक्राउ परेका थिए।

Tags:

#छोटोखबर #भूपेन्द्रभण्डारी #स्मार्टटेलिकम #दूरसञ्चारप्राधिकरण #सीआईबी #भ्रष्टाचारअनुसन्धान #पक्राउ

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू