Choto Khabar Logo

कतारद्वारा १३ नेपालीलाई आममाफी

२०८२ पौष १८
कतारद्वारा १३ नेपालीलाई आममाफी
परराष्ट्र मन्त्रालयले कतार सरकारलाई उदारतापूर्वक प्रदान गरिएको अमिरी आममाफीको लागि धन्यवाद दिएको छ।
कतारले राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयले आममाफीका लागि कतार सरकारप्रति आभार व्यक्त गर्दै यसलाई नेपाल–कतारबीचको मित्रता, सौहार्द र मानवीय सम्बन्धको प्रतीक भनेको छ। कतारमा करिब पाँच लाख नेपाली कार्यरत छन्।

Tags:

#छोटोखबर #नेपालीसमाचार #कतार #आममाफी

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्