Choto Khabar Logo

दोलखामा हराएको हेलिकप्टर सुरक्षित फेला

२०८२ चैत्र १३
दोलखामा हराएको हेलिकप्टर सुरक्षित फेला
शुक्रबार दिउँसो साढे १ बजेदेखि हेलिकोप्टर सम्पर्कविहीन भएको हेलिकोप्टर लाप्ची गुम्बा नजिक भेटिएको हो ।
दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ। प्रबन्ध निर्देशक रोनान लामिछानेका अनुसार विस्तृत विवरण संकलन भइरहेको छ। क्याप्टेन सुरज थापाले उडाएको ‘९एन-एएनओ’ हेलिकप्टरमा चार यात्रु सवार थिए। लाङटाङको दक्षिण–पूर्वस्थित लाप्चा क्षेत्रमा पुगेपछि हेलिकप्टरसँग सम्पर्क विच्छेद भएको थियो।

Tags:

#छोटोखबर #दोलखा #हेलिकप्टर #मुस्ताङएयर #उड्डयन #नेपालसमाचार #सुरक्षा

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू