मध्यपूर्वमा अलपत्र नेपालीको उद्धार गर्न दूतावासलाई निर्देशन
२०८२ चैत्र १

हाल नेपाली राजदूतावासहरू र महावाणिज्य दूतावासहरूले आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको छ।
मन्त्रिपरिषद् बैठकले युद्ध प्रभावित मध्यपूर्वका देशहरूमा अलपत्र परेका नेपालीको राहत र उद्धारका लागि दूतावासमार्फत आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ। ओमप्रकाश अर्यालका अनुसार विभिन्न देशका नेपाली दूतावास र महावाणिज्य दूतावासले ट्रान्जिटमा फसेका नागरिकको सहयोग गर्नेछन्। परराष्ट्र मन्त्रालयले त्यसका लागि आवश्यक बजेटसमेत माग गरेको छ।
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्