विश्व खाद्य वस्तुको मूल्य तीन वर्षयताकै उच्चस्तरमा
२०८३ श्रावण २२
युद्ध र प्रतिकूल मौसमका कारण जुलाईमा विश्व खाद्य मूल्य तीन वर्षयताकै उच्च पुगेको छ।
प्रतिकूल मौसम र खाडी तथा ब्ल्याक सी क्षेत्रमा बढ्दो तनावका कारण विश्व खाद्य वस्तुको मूल्य तीन वर्षयताकै उच्चस्तरमा पुगेको एफएओले जनाएको छ। जुलाईमा खाद्य मूल्य सूचकांक १३१.१ अंक पुगेको छ। अन्न, गहुँ, वनस्पति तेल र चिनीको मूल्य बढ्दा समग्र सूचकांक उकालो लागेको हो। एफएओले युद्ध, चरम मौसम र बढ्दो उत्पादन तथा ढुवानी लागतले आगामी दिनमा मूल्य थप बढ्न सक्ने चेतावनी दिएको छ।
Tags:
#छोटोखबर #खाद्यवस्तु #एफएओ #खाद्यमूल्य #विश्वबजार #खाद्यमुद्रास्फीति #विश्वअर्थतन्त्र #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


