तराईमा आज हावाहुरीको चेतावनी
२०८२ चैत्र ६

काठमाडौं उपत्यकामा शुक्रबार साँझ हल्कादेखि मध्यम वर्षा हुने र राति पनि केही समय वर्षा हुने सम्भावना रहेको छ।
आज चैत ६ मा मधेस, कोसी र लुम्बिनी प्रदेशको तराई भूभागमा तीव्र हावाहुरी (५०–६० किमि/घण्टा) चल्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले रुख ढल्ने, छाना उड्ने र विद्युत्–सञ्चार सेवामा असर पर्ने जोखिम रहेको जनाएको छ। सतर्क रहन र आवश्यक सुरक्षा उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Tags:
#हावाहुरी #मौसमअपडेट #तराई #सतर्कता #नेपाल #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

अब घरबाटै एनओसी लिन सकिने व्यवस्था
२०८३ बैशाख ६