सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला २०८३’ सुरु हुँदैछ। युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित यस मेलाको उद्घाटन सभामुख डोलप्रसाद अर्यालले गर्नेछन्। असोज २० सम्म चल्ने मेलामा युवालाई उद्यमशील बनाउन प्यानल छलफल र १० विधामा व्यवहारिक तालिम दिइनेछ।
यसले युवाको सीप पहिचान गरी रोजगारदातासँग प्रत्यक्ष जोड्ने लक्ष्य राखेको छ। आजदेखि प्रशिक्षार्थी छनोट र परामर्श सेवा सुरु हुनेछ।


