परराष्ट्रमन्त्री शिशिर खनालको जवाफमा चित्त नबुझेपछि रास्वपा सांसद आशिका तामाङले प्रतिनिधिसभा बैठक छाडेकी छन्। कम्बोडियामा ३७ दिनअघि निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउने विषयमा उनले सरकारसँग जवाफ मागेकी थिइन्। मन्त्री खनालले जवाफ दिइरहेका बेला उनले थप प्रश्न गर्न समय मागे पनि सभामुखले अनुमति नदिएपछि विवाद भएको थियो। सभामुखले बैठकको मर्यादा कायम गर्न निर्देशन दिएपछि उनी बाहिरिएकी हुन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


