परराष्ट्रमन्त्री शिशिर खनालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा देखिने जातीय पूर्वाग्रह र घृणास्पद अभिव्यक्ति नियन्त्रण गर्न प्रभावकारी नियमन चाहिने बताएका छन्। न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको एक विशेष बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
डरबन घोषणापत्रको २५औँ वार्षिकोत्सवका अवसरमा मन्त्री खनालले प्रविधिमा आधारित एल्गोरिदमले निम्त्याउने विभेद रोक्न र मानव अधिकारको रक्षा गर्न विश्व समुदायलाई अपिल गरे।


