चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुन: सुरुवात गरिएको छ । बर्षातसँगै असार १७ गतेदेखि बन्द गरिएको निकुञ्ज भित्रको जिप सफारी यही असोज २३ गतेदेखि सुरु गरिएको हो ।
वर्षाको समयमा आएको बाढीका कारण बिग्रिएका बाटोहरु मर्मत, ढलेका रूख पन्छाउने, झाडी फाँड्ने लगायतका कामहरु सकिएसँगै जिप सफारी सुरु गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
निकुञ्जमा सौराहा क्षेत्रबाट ३२ वटा, कसराबाट २२ वटा यस्तै मेघौलीबाट ११ वटा, अमलटारीबाट आठवटा र माडीबाट एउटा जिपहरू निकुञ्जभित्र चल्ने गर्दछन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleबूढीगण्डकी बाढी: २०४ घर प्रभावित, ५ बेपत्ता र ९५ जनाको उद्धार
Next Article विश्वमा बहुआयामिक गरिबी बढ्दा नेपालमा घट्यो


