रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले उनीहरूको विवरण सङ्कलन र प्रमाणीकरण गर्न स्थानीय तहलाई समयसीमा तोकेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्धारण गरेको प्रक्रियाअनुसार बेपत्ता व्यक्तिहरूको स्थायी ठेगाना रहेको स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र प्राधिकरणमार्फत विवरण एकिन गरिनेछ । प्रशासनका अनुसार जिल्लाका ३७ सम्पर्कविहीन छन् भने चार जनाको मृत्यु पुष्टि भइसकेको छ । त्यसबेला बेपत्ता भएका चार जना परिवारको सम्पर्कमा आएका थिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
भोटेकोशी बाढीः काभ्रेका ३७ बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु
Previous Articleनवरात्रको छैटौँ दिन कात्यायनी देवीको पूजा आराधना गरिँदै
Next Article आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर


