नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाएको छ। शुक्रबार श्रम तथा यातायातमन्त्री शारदा देवी थापा, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर, शिक्षामन्त्री मनोजकुमार सिंह र खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्माले राजीनामा दिएका हुन्। एमालेले १५ बुँदे सहमतिअनुसार सुशासन र विकासका काम अघि नबढेको आरोप लगाउँदै समर्थन फिर्ता लिएको जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


