नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले शनिबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा शपथ लिने भएका छन्। निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण र प्रमाणपत्र वितरण भने दसैँपछि हुनेछ। कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार बिहान सकिएको थियो। यसपटक ७ हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


