काठमाडौं उपत्यकामा शुक्रबारको तुलनामा शनिबार चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ५:४५ बजे उपत्यकाको न्यूनतम तापक्रम १३.८ डिग्री सेल्सियस मापन गरिएको छ। यो प्रारम्भिक मापन भएकाले बिहान ८:४५ बजे सार्वजनिक हुने आधिकारिक तापक्रम अझै घट्न सक्ने सम्भावना छ। शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस थियो। मनसुन बाहिरिएर पश्चिमी वायु भित्रिएसँगै देशभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


