आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज ओमानमा क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। अल अमरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुने खेलमा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ। ३४ खेलबाट २८ अंक जोडेको नेपाल तालिकाको छैटौँ स्थानमा छ भने क्यानडा २७ अंकसहित सातौँ स्थानमा छ। नेपालले जित निकाले एक खेल बाँकी छँदै शीर्ष ६ मा स्थान सुरक्षित गर्नेछ। यसअघि नेपालले क्यानडालाई २४ रन र ओमानलाई ११३ रनले हराएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


